Harsamaya
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ ।

हाल कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल, लुम्बिनी प्रदेश लगातय बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मख्यतया सफा रहने छ। देशको हिमाली भूभागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । 

आज राति देशको हिमाली भूभागमा साधारणतया बादल र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा तथा हल्का वर्षारहिमपातको सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update