Harsamaya
थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग 
‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्दै ।

काठमाडौं - थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुगेका छन् । उनीहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा विश्व शान्तिको कामना गरेका छन् । 

सोही अवसरमा काठमाडौंको बौद्धस्थित का–न्यिङ सेडुप लिङ मोनास्ट्री एसोसिएशन एण्ड डेभलपमेन्ट ट्रस्ट (गुम्बा) ले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धार कार्यका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  

बौद्धमा आयोजित एक कार्यक्रमका बीच गुम्बाका धर्मगुरु तथा भिक्षुहरूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश) र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update