Harsamaya
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
भारी वर्षा । प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।

हाल देशका पहाडी र हिमाली भू-भाग, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाँउमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षारहिमपातको सम्भावना छ । 

मधेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली र पहाडी भूभाग साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । 

कोश प्रदेशको तराई भूभागका केही स्थानमा, मधेश प्रदेशको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ०६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update