Harsamaya
बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा भने हल्का वर्षा, हिमपात र असिनाको सम्भावना रहेको छ।

मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ। कोशी र कर्णाली तथा सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update