भारत जाँदै गृहमन्त्री गुरुङ
काठमाडौं - गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारत हुने भएको छ । उनी असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन् ।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन् ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणको क्रममा उनको भेट भारतका गृहमन्त्री अमित शाहसँग असोज २७ गते तय भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत जान लागेका हुन् । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३ १६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

