Harsamaya
सिन्धुपाल्चोक–१ को पालिका अधिवेशन भोलिदेखि
क्षेत्रीय सभापति बालकृष्ण बस्नेत

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ का विभिन्न गाउँपालिका तथा बाह्रबिसे नगरपालिकामा भोलिदेखि सुरु हुने अधिवेशनलाई एकता, उत्साह र आपसी सम्मानको अधिवेशन बनाउन क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले अपिल गरेका छन्।

क्षेत्रीय सभापति बस्नेतले अधिवेशनका क्रममा कुनै तिक्तता नराखी आपसी सौहार्द कायम गर्न नेता–कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिलाई आग्रह गरेका छन्।

उनले कांग्रेसका नेता–कार्यकर्ता, जनप्रतिनिधि, क्षेत्रीय प्रतिनिधि तथा आमाबुवा, दाजुभाइ र दिदीबहिनीलाई कांग्रेसप्रतिको विश्वास बोकेर अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

‘विचार फरक हुन सक्छ, तर हाम्रो सम्बन्ध र उद्देश्य एउटै हो,’ उनले भनेका छन्, ‘विवेक प्रयोग गरौँ, सौहार्द कायम राखौँ र अधिवेशनलाई भव्य तथा सभ्य बनाऔँ।’

बस्नेतले अधिवेशनलाई आपसी सम्मान र एकताको अवसरका रूपमा अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update