Harsamaya
१८ दिनपछि कृष्णभिरमा दुईतर्फी यातायात सञ्चालन
पृथ्वी राजमार्गको कृष्णभिर ।

चितवन - बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभिरमा आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

त्रिशूली नदीको कटानले करिब १०० मिटर सडक क्षतिग्रस्त भएपछि नजिकैको ढिस्को काटेर नयाँ मार्ग निर्माण गरिएको हो। सडक योजना कार्यालयले आवश्यक जनशक्ति र उपकरण परिचालन गरी काम पूरा गरेपछि नियमित यातायात सञ्चालन गरिएको जनाएको छ।

कृष्णभिरमा यातायात खुलेसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा जारी पहिरो रोकथामको कामसमेत तत्कालका लागि रोकिएको छ। उक्त सडकबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update