Harsamaya
जलविरे नजिक त्रिशुली नदीमा शव भेटियो
जलविरे नजिकै त्रिशुली नदीमा एक युवकको शव भेटिएको छ।

चितवन - त्रिशुली नदीमा शव भेटिएको छ। जलविरे नजिकै त्रिशुली नदीमा एक युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले सुरक्षाकर्मीको टिमले शवलाई नदी बाहिर निकालेको छ।

शव यहि फाल्गुण २ गते मोटरसाईकल दुर्घटनामा परी बेपत्ता भएका व्यक्तिको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले भने शव कसको हो भन्ने यकिन नभएको बताउदै अनुसन्धान पछि स्पष्ट हुने बताएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update