Harsamaya
गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

वीरगञ्ज - प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट  एक भारतीय नागरिक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । अभियुक्तद्वयलाई प्रहरी हिरासतमा राखिएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update