Harsamaya
असोज ३ देखि उपत्यकामा २८ रात्रि बस, ६ नयाँ रुटमा सेवा

काठमाडौं - संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रिकालीन बस ६ नयाँ रुटमा सञ्चालन हुने भएका छन्।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले गोदावरी–बुढानीलकण्ठ, जगाती–रत्नपार्क–ठमेल, विमानस्थल–नागढुङ्गा, कीर्तिपुर–नयाँसडक र चक्रपथसहितका रुटमा बस सञ्चालन गर्ने निर्णय गरेको हो।

चक्रपथमा बस थपिएपछि रुट परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सकिनेछ। अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ।

रात्रिकालीन बस सेवा नगरपालिकाहरूको वित्तीय साझेदारीमा निरन्तरता दिने निर्णयसमेत भएको छ। साथै रुट परमिट सहज बनाउन कानुन संशोधनका लागि सरकारसँग अनुरोध गर्ने, चार्जिङ स्टेशन तथा रात्रिकालीन बसपार्क व्यवस्थापनमा स्थानीय तहले सहयोग गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update