Harsamaya

प्युठान - प्युठानको नौबहिनी गाउँपालिका–३ सिद्धाथान एराबाङस्थित काईया राष्ट्रिय वनमा ९ थान अवैध हतियार बेवारिसे अवस्थामा फेला परेको छ।

स्याउलाले छोपेर राखिएको अवस्थामा ३ थान साबुत भरुवा बन्दुक, ३ थान बन्दुकका नाल र थप ३ थान भरुवा बन्दुक फेला परेको हो।

फेला परेका सबै हतियार प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update