भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल
काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनबारे छलफल भएको छ।
त्यसक्रममा प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणका विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहतको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्र पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन्।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३ १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

