काठमाडौं - भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ७८८ जनाको मृत्यु भएको छ। सुरक्षाकर्मीले त्रिशूली, नारायणी नदीको किनार हुँदै गण्डकसम्म शव खोजी तथा संकलन गरिरहेका छन्।
तर नदीले बगाएर ल्याएका शव टुक्राटुक्रा र पहिचान गर्न नसकिने अवस्थामा भेटिएकाले सनाखतमा कठिनाइ भएको प्रहरीले जनाएको छ। हालसम्म संकलित शवमध्ये ३४ जनाको मात्र पहिचान खुलेको छ, जुन कुल शवको करिब ४.४२ प्रतिशत हो।
चितवनमा मात्रै २५९ शव फेला परेका छन्। तीमध्ये ९ जनाको सनाखत भएको छ। गोरखामा संकलित ५८ शवमध्ये ३ जनाको मात्रै पहिचान खुलेको छ भने पूर्वी नवलपरासीमा फेला परेका १६८ शवमध्ये ९ जनाको सनाखत भएको छ।
शवको अवस्था बिग्रिँदै गएपछि प्रहरीले औँठाछाप, पाँच थान फोटो, मुचुल्का तथा शरीरमा रहेका ट्याटु, कोठी र अन्य विशेष चिन्हको अभिलेख राखेर शव जमिनमुनि सुरक्षित भण्डारण गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार अहिलेसम्म गोरखामा २९, चितवनमा ९६ र पूर्वी नवलपरासीमा १०० गरी २२५ शव जमिनमुनि भण्डारण गरिएको छ। पहिचान खुलेपछि ती शव निकालेर आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बाढीमा परेका व्यक्तिको शव अर्को जिल्लामा भेटिँदा आफन्तलाई सबै स्थानमा पुगेर खोज्न कठिन भएको छ। डीएनए नमुना भने सबै शवबाट संकलन गरी सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
पहिचान खुलेका मृतकहरूको विवरण :
१. महेश डंगोल, ३० वर्ष, बिदुर–१० नुवाकोट (ट्रमा सेन्टरमा मृत्यु)
२. बिवेक श्रेष्ठ, ३२ वर्ष, बलेफि–८ सिन्धुपाल्चोक (टिचिङ हस्पिटल)
३. सत्य सुन्दर प्रजापती, ३६ वर्ष, हाइड्रो इन्जिनियर, ललितपुर ग्वार्को । (धादिङमा फेला)
४. प्रसनी रामकाजी पौडेल, ४३ वर्ष, नुवाकोट (चितवनमा फेला)
५. कविलाल चौधरी, २३ वर्ष, कोहलपुर नपा–११ (चितनवमा फेला)
६. प्रसनी रामहरी खड्का, रामेछाप मन्थली नपा–४ । (चितवनमा फेला)
७. यादव भण्डारी, पश्चिम नवलपरासी सुस्ता गाउँपालका–१ (पूर्वी नवलपरासीमा फेला)
८. उद्धव खड्का, हेटौंडा उपमहानगर–५ (पूर्वी नवलमा फेला)
९. सन्जोग घर्ती मगर, धादिङ खनियाँबास (पूर्वी नवलमा फेला)
१०. नारायण बहादुर थापा, अर्घाखाँची पाणिनी गाउँपालिका–७ (पूर्वी नवलमा फेला)
११. सुमन गोलो, मकवानपुर हेटौंडा–१५, (पूर्वी नवलमा फेला)
१२. शारदा ढकाल, नुवाकोट बिदुर नपा–७ (पूर्वी नवलमा फेला)
१३. कमला देवकोटा, गोरखा पालुङटार नपा–५, (पूर्वी नवलमा फेला)
१४. बिमल काफ्ले, चितवन माडी नगरपालिका–७ (पूर्वी नवलमा फेला)
१५.सुजाता कौराल, पालुङटार गोरखा (पूर्वी नवलमा फेला)
१६. भुवन मगर, रसुवा, उत्तरगया–१ बेत्रावती (चितनवमा फेला)
१७. रमेश मगर, मकवानपुर, हेटौंडा १५ (चितनवमा फेला)
१८. अर्जुन बलामी, नुवाकोट ककनी (चितनवमा फेला)
१९. रमेश थारु, कोहलपुर–११ बाँके (चितनवमा फेला)
२०. तेरिना गुरुङ, किस्पाङ– ५ नुवाकोट (चितनवमा फेला)
२१. पेमा सिंह शेर्पा, भोटेकोशी गापा–३ सिन्धुपाल्चोक (चितवनमा फेला)
२२. छिरिङ तामाङ, ३० वर्ष, किस्पाङ–६ नुवाकोट (नुवाकोटमा फेला)
२३. कसिक श्रेष्ठ, २२ वर्ष गजुरी गापा–६ धादिङ (नुवाकोटमा फेला)
२४. रोहन श्रेष्ठ, २४ वर्ष, दक्षिणकाली नगरपालिका–४ काठमाडौं (नुवाकोटमा फेला)
२५. गंगादेवी श्रेष्ठ, उत्तरगया–५ रसुवा (रसुवामा फेला)
२५. पुडुली तामाङ, उत्तरगया–५ खाल्टे, रसुवा (रसुवामा फेला)
२६. जनक आचार्य, उत्तरगया–५ बनबास (रसुवामा फेला)
२७ . प्रसह दिपेन्द्र विष्ट, ३४ वर्ष, पाल्पा तानसेन–१० (गोरखामा फेला)
२८. दिवानन्द सुवेदी ‘दिपक’, ३८ वर्ष, इलाम सन्दकपुर (गोरखामा फेला)
२९. यम बहादुर थापा, गोरखाको पालुङटार नपा–६ (गोरखामा फेला)
३०. कृष्ण बहादुर मगर, गजुरी–६ मिलनटानर धादिङ (पश्चिम नवलपरासीमा फेला)
३१.रामकृष्ण तामाङ, ५६ वर्ष, सुर्यगढी गाउँपालिका–५ नुवाकोट (नुवाकोटमा फेला)
३२. निरज भण्डारी, ३५ वर्ष, बिदुर नगरपालिका–५ नुवाकोट (नुवाकोटमा फेला)
३३. राज कुमार आले, ४४ वर्ष, धादिङ थाक्रे गाउँपालिका–८ घर (नुवाकोटमा फेला)
३४. शर्मिला तितुङ, ५० वर्ष, सूर्यगढी गाउँपालिका–२ नुवाकोट (नुवाकोटमा फेला)

