कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको बैठक भदौ १७ गते
काठमाडौं- नेपाली कांग्रेस इतर समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक आगामी भदौ १७ गते बुधबार बस्ने भएको छ।
समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकमा १५औँ महाधिवेशनको तयारी, समसामयिक विषय र विविध विषयमा छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३ १८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

