Harsamaya
तरुण दल सिन्धुपाल्चोकद्वारा बाढीपीडितका लागि ८० हजार ७०० सहयोग
नेपाल तरुण दल ।

सिन्धुपाल्चोक - रसुवागढी क्षेत्रमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले आर्थिक सहयोग गरेको छ।

तरुण दलले आन्तरिक रूपमा संकलन गरेको ८० हजार ७०० रुपैयाँ सहयोग रकम आज नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालालाई हस्तान्तरण गरिएको हो। रकम जिल्ला अध्यक्ष सञ्जय लामाले हस्तान्तरण गरेका हुन्।

विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिँदै मानवीय सेवाप्रतिको जिम्मेवारी निर्वाह गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष लामाले धन्यवाद दिएका छन्।

tarun-dal-1787932300.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update