Harsamaya
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान
प्रधानमन्त्री वालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन् । उनीहरू बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन् । 

भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहतलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठक बोलाएर सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका छन् । 

आजको निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालले विदुर तथा आसपासका प्रभावित बस्तीमा पुगेर भौतिक क्षतिको अवस्था बुझ्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन् । 

उनीहरूले प्रभावित क्षेत्रमा राहत तीव्र बनाउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई गति दिन आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update