Harsamaya
ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ७४, रातोबत्तीमा ६३ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ११३, हर्न निषेधमा ३४, लेन क्रसमा ४८, अवस्था ठीक नभएको ३२, एकतर्फीमा १५ र अन्यमा ५५६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update