Harsamaya
उपरथी पहाडी र महासेनानी आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल र पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा. ईन्दिरा आचार्य ।

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा. ईन्दिरा आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जंगी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले गत साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरे ।

समारोहमा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनसमेत कार्यक्रममा सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update