Harsamaya
सुर्खेतमा लाग्यो नारा- ‘कर्णाली के भन्छ शेखर कोइराला ले भन्छ’ (तस्वीरहरू)
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला सुर्खेत विमानस्थलमा ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला देश दौडाहामै बढी समय बिताउँछन् । उनी दूरदराजमा कार्यकर्ता भेट्न बढी रुचाउँछन् । धेरै जसो काठमाडौं बाहिर नै हुने कोइराला राजनीतिक भेटघाटमा व्यस्त रहन्छन् ।

एक महिना अघि सुदूरपश्चिममा पुगेर कार्यकर्ता भेटघाटका साथै विभिन्न कार्यक्रममा सहभागी भएका उनी आज कर्णाली प्रदेशमा छन् । कर्णालीका नेपाली कांग्रेसका नेता कार्यकर्तासँग भेटघाट गर्न उनी सुर्खेत पुगेका हुन् । उनले कर्णाली झर्नासाथ कर्णालीको भव्य स्वागत र न्यानो माया पाए ।

उनको स्वागतमा सुर्खेत विमानस्थलमा हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । विभिन्न झाँकी, नाचगान र बाजागाजासहित कर्णालीले शेखरको स्वागत गरेको थियो । उनीहरूले ‘कर्णाली के भन्छ कांग्रेस सभापतिमा शेखर कोइराला ले भन्छ’ , ‘भावी पार्टी सभापति शेखर कोइराला जिन्दावाद’  जस्ता नारा लगाएका थिए ।

कोइरालाको स्वागतका लागि कोइरालापक्षका नेता कार्यकर्ताको मात्रै होइन सभापति शेरबहादुर देउवा निकटका नेता कार्यकर्ता पनि विमानस्थल पुगेका थिए । देउवा निकटका केन्द्रीय सदस्यहरू जीवन बहादुर शाही, जानकी शाही र कर्णाली प्रदेशका सभापति ललितज‌ंग शाही एयरपोर्ट पुगेका थिए । 

उनले आज नेपाली कांग्रेस सुर्खेत पार्टी कार्यलयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका छन् । उनका साथै केन्द्रीय सदस्यहरू दिपक गिरी, जीवन शाही, सरिता प्रसाईं, जानकी सिंह, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्यहरू हृदयराम थानी, दिनबन्धु श्रेष्ठ, डिल्ली रेग्मी र शिवराज जोशीले कार्यकर्ता भेटघाटलाई सम्बोधन गरेका थिए । 

जिल्ला सभापतिहरू खड्ग पोख्रेल (सुर्खेत), मणिराम रेग्मी (दैलेख), बेदराज सिंह (जाजरकोट), अम्ब शाही (कालिकोट), कर्णबहादुर शाही (जुम्ला), कोशी प्रदेश पूर्व मुख्यमन्त्री केदार कार्की, सुर्खेत पूर्व सभापति कमलराज रेग्मी, दैलेख जुम्ला पूर्व सभापति दिपबहादुर शाही, पूर्व सभापति कृष्णकुमार बिसी, मुगु पूर्व सभापति खड्गबहादुर शाही र तरुण दल पूर्व महामन्त्री भुपेन्द्रजंग शाही लगायत सुर्खेतमा कोइरालासँगै छन्। 

त्यस्तै भोलि (शुक्रबार )नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्ने छन् र सोही दिन उनी काठमाडौ फर्कनेछन् ।

shekhar-karnali-3-1740058275.png

shekhar-karnali-6-1740058356.png

shekhar-karnali-1740059033.png

 

shekhar-karnali-5-1740058349.png

shekhar-karnali-4-1740058347.png

shekhar-karnali-2-1740058338.png

 

shekhar-karnali-1-1740058338.png
तस्वीरहरू - डा. शेखर कोइरालाको सचिवालय । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update