Harsamaya
बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काभ्रे - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिक बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएका छन्।

शुक्रबार बिहान करिब ११ः१५ बजे बा.३ ख २०१४ नम्बरको बसले बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर चालक सामान्य घाइते भएका छन्। दुर्घटनापछि प्रहरीले बस चालकसहित दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update