Harsamaya
 सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ११० जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन्।

प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशमा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन्। बागमतीमा १ जनाको मृत्यु तथा ८ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १ जनाको मृत्यु र ३० जना घाइते भएका छन्।

यस्तै, कोशी प्रदेशमा १ जनाको मृत्यु र २२ जना घाइते भएका छन्। मधेश प्रदेशमा १ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन्। लुम्बिनीमा १२ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिममा ८ जना घाइते भएका छन्।

२४ घण्टाको अवधिमा सवारी दुर्घटनाबाट मानवीय क्षति बढ्दै गएको देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update