चीनतर्फ पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सिन्धुपाल्चोक - भोटेकोशी गाउँपालिका–२ लिपिङको पारिपट्टि चीनतर्फ न्यालमस्थित झङ्मु पोष्टनजिकबाट ढुङ्गामाटोसहितको पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ।
चीनतर्फबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीमा पहिरो खस्दा नदीको बहाव करिब आधा रोकिएको जनाइएको छ। यसले नदीको तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी बाह्रबिसे बजार, बलेफी गाउँपालिका क्षेत्रका ड्यामसाइट, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे, बलेफी, सुकुटे, चेहेरे र दोलालघाट बजार आसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सतर्क रहन आग्रह गरिएको छ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ १०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

