पत्रकार किशोर पक्राउपछि उपकरण जफत गर्नु असंवैधानिक र गैरकानुनी : निर्मला शर्मा
काठमाडौं - नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकार किशोर पक्राउपछि उनको घरबाट ल्यापटप, कम्प्युटर, मोबाइल तथा इमेलसँग सम्बन्धित सामग्री जफत गरिएको भन्दै आपत्ति जनाएकी छन्।
अध्यक्ष शर्माले पत्रकारले सूचना प्राप्त गर्ने स्रोत पहिचान गर्न प्रयोग गर्दै आएका सामग्रीमा राज्यले अनधिकृत पहुँच बनाउन खोज्नु असंवैधानिक र गैरकानुनी कदम भएको बताएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत यस्तो कदमको जति भर्त्सना गरे पनि नपुग्ने भन्दै पत्रकारको स्रोतको गोपनीयता र प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन्।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ १०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

