Harsamaya
को हुन् निर्मल पुर्जा ?
निर्मल पुर्जा ।

काठमाडौं - ४३ वर्षीय निर्मल पुर्जा अर्थात् ‘निम्सदाइ’ नेपालका सर्वाधिक चर्चित पर्वतारोहीमध्ये एक हुन्। उनले सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल १८९ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। 

उनको यो उपलब्धिलाई नेटफ्लिक्सको चर्चित डकुमेन्ट्री ‘14 Peaks: Nothing Is Impossible’ मार्फत विश्वभर परिचित बनाइएको थियो।

पूर्व बेलायती सेनाका गोर्खा तथा स्पेसल बोट सर्भिस (एसबीएस) का सदस्य रहेका पुर्जाले सन् २०२४ मा अक्सिजनको सहारा नलिई सबै १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने सबैभन्दा छिटो व्यक्ति बन्ने अर्को कीर्तिमान पनि बनाएका थिए।

ब्रड पिक आरोहणपछि उनले विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल दोस्रो पटक आरोहण गर्ने पहिलो व्यक्ति बन्ने लक्ष्यसहित चो ओयुतर्फ जाने योजना सार्वजनिक गरेका थिए। तर उनको सपना अधुरै रह्यो ।

प्रस्थानअघि सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘ब्रड पिक, म तिमीसँग सुरक्षित रूपमा उक्लिन र फर्किन मात्र चाहन्छु। म कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा लिँदिनँ। आधार शिविरबाट पाइला अघि बढ्नेबित्तिकै मेरो सम्पूर्ण ध्यान सुरक्षामै हुन्छ।’


 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update