सुनसरी - जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्री प्रसाद अर्यालद्वारा मंगलबार जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा साउन १३ गते बिहान ९ बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागू गरिएको हो।
आदेशअनुसार कर्फ्यु अवधिमा तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैन। आदेश उल्लंघन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
कर्फ्यु लागू भएका क्षेत्रहरू:
इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र
दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र
भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्र
कोशी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र
हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र
बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र
प्रशासनले जिल्लाको सुरक्षा अवस्था र सार्वजनिक शान्ति कायम राख्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ। साथै नागरिकलाई आदेशको पूर्ण पालना गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ।

