‘चलो संसद’ मार्चले तनाव, संसद भवनबाहिर अश्रुग्यास र लाठीचार्ज
काठमाडौं - भारतको राजधानी नयाँ दिल्लीमा ‘चलो संसद’ मार्चका क्रममा प्रदर्शन उग्र बनेपछि संसद भवन आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।
सोमबार सुरु भएको मार्च संसद भवन नजिक पुगेपछि प्रदर्शनकारीले ब्यारिकेड तोड्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रदर्शन भइरहेका बेला संसदको अधिवेशन पनि चलिरहेको थियो। पछि संसदको बैठक स्थगित गरिएको छ।
यसबीच प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिएको जनाइएको छ।
सुरक्षा निकायले संसद भवन वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ भने प्रदर्शन नियन्त्रणमा लिने प्रयास जारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रकाशित मिति: सोमबार, साउन ४, २०८३ १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

