शिक्षण अस्पताल पुगेका प्रदीप पौडेललाई माजिदको प्रश्न - ‘मैले के अपराध गरें?’
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षण अस्पतालमा उपचाररत माजिद अन्सारीलाई भेटेपछि सरकारको आलोचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले अन्सारीले आफूलाई ‘मैले के अपराध गरें, र मलाई यसो गरियो?’ भन्ने प्रश्न गरेको उल्लेख गरेका छन्।
पौडेलले अन्सारी सरकारको ‘भुईँमान्छेका प्रश्न दमन गर्ने रवैया’ को शिकार बनेको दाबी गर्दै सरकारले जे गरे पनि कसैले प्रश्न नगरोस् भन्ने सोच राखेको हो भन्ने प्रश्न उठाएका छन्।
उनले लोकतन्त्रमा असहमति, आलोचना र प्रश्नहरू उत्तरदायित्व र सुशासनका आधार हुने उल्लेख गर्दै तिनलाई शत्रुको रूपमा हेर्न नहुने बताएका छन्।<
प्रकाशित मिति: आइतबार, असार २८, २०८३ १७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

