Harsamaya
 चिया खान निस्किएका रामबहादुर सम्पर्कविहीन 
रामबहादुर बलायर ।

काठमाडौं - काठमाडौंको काडाघारीस्थित पुरानो फोर्स पार्कबाट चिया खान भन्दै घरबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन भएका छन् ।

डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको वडा नम्बर ६ घर भएका करिब ५० देखि ५५ वर्षका रामबहादुर बलायर सम्पर्कविहीन भएका हुन् । उनले बोल्न र सुन्न समेत सक्दैनन् । 

उनी यही असार २६ गते बिहान करिब ५ बजे चिया खान भन्दै घरबाट निस्किएका थिए । उनी घर नफर्केपछि आफन्तहरुले खोजी कार्य सुरु गरेका थिए ।

तर उनको हालसम्म कुनै पनि खबर नआए पछि नजिकैको प्रहरी चैकीमा पनि खबर गरे । खोजी कार्य भए पनि उनको कुनै खबर पाएको छैन् । 

उनले कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर तथा कालो जुत्ता लगाएका थिए ।

उनीलाई कसैले देखेमा वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा परिवारलाई ९७०७६३१२४६ वा ९७०७६३१२४८ नम्बरमा सम्पर्क गराइदिन परिवारले अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update