Harsamaya
जेनजी आन्दोलनका क्रममा लुटपाटमा संलग्न १३ हजार ६९६ जना पक्राउ
जेनजी आन्दोलनको तस्वीर ।

काठमाडौं - सरकारले आफ्नो १०० दिने कार्यकालमा जनजी आन्दोलनका क्रममा भएका लुटपाट तथा निजी सम्पत्तिमाथिका आक्रमणमा संलग्न १३ हजार ६९६ जनालाई पक्राउ गरेको जनाएको छ।

सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धि विवरणअनुसार ती घटनासँग सम्बन्धित ६ हजार १९५ वटा मुद्दा दर्ता गरिएको छ। आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र निजी सम्पत्तिमा भएको क्षतिको अनुसन्धान तथा कानुनी कारबाहीलाई तीव्र बनाइएको सरकारको दाबी छ।

यस्तै, विभिन्न सरकारी निकायमा हुने आपसी लेनदेनमा संलग्न ४९५ जना विचौलियालाई पनि नियन्त्रणमा लिइएको छ। तीमध्ये १७० जनाविरुद्ध मुद्दा दर्ता गरिएको सरकारको विवरणमा उल्लेख छ।

सरकारले कानुनको शासन कायम गर्दै आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमाथि कारबाहीलाई आफ्नो १०० दिने कार्यकालको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update