विष्णु पौडेललाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित थप कागजात झिकाउन आदेश दिएको हो।
इजलासले दीपक भट्टसम्बन्धी मुद्दाको फाइल पनि झिकाउन आदेश दिएको छ। आवश्यक कागजात अध्ययनपछि मात्रै रिटमाथि थप सुनुवाइ हुने भएकाले पौडेल तत्काल रिहा नहुने भएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका पौडेल हाल न्यायिक हिरासतमा छन्।
प्रकाशित मिति: मंगलबार, असार १६, २०८३ १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

