Harsamaya
विष्णु पौडेल थप तीन दिन हिरासतमा रहने
पूर्वउपप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल ।

काठमाडौं – विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पौडेलमाथि थप तीन दिन अनुसन्धान गर्न म्याद दिएको हो।

यसअघि पनि अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। यो दोस्रो पटक म्याद थप भएको हो।

एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। हाल उनी अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका छन्।

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update