Harsamaya
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्यो 
प्रतिनिधिसभाको बैठक ।

काठमाडौं - प्रतिनिधिसभाको बैठक बस्ने दिन र समय परिवर्तन गरिएको छ। यसअघि असार ११ गते बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि सारिएको हो।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखसँगको समन्वयमा बैठक असार १२ गते शुक्रबार बिहान १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठकको नयाँ मिति र समयबारे सम्माननीय सदस्यहरूलाई जानकारी गराइएको उल्लेख छ।

विशेष कारणवश भनेपनि रास्वपाको महाधिवेशनका कारण संसद बैठक स्थगित गरिएको थियो । महाधिवेशन लम्बिने भएपछि संसद बैठक स्थगितको समय पनि लम्बिएको छ । 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update