Harsamaya
‘प्रहरी बनाइदिन्छु’ भन्दै साढे तीन लाख ठगी गर्ने पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

जाजरकोट - प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार छेडागाड नगरपालिका–११ का ३० वर्षीय धर्मराज चनारालाई पक्राउ गरिएको हो। उनले आफूलाई प्रहरी बनाइदिने भन्दै पटक–पटक गरेर तीन लाख ५० हजार ठगी गरेको भन्दै पीडित सविता पुनले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्मानित जिल्ला अदालत जाजरकोटबाट पक्राउ अनुमति लिएर खोजतलास गर्ने क्रममा प्रहरीले असार २ गते दिउँसो ११ बजे छेडागाड नगरपालिका–११ स्थित फैलापारीबाट चनारालाई पक्राउ गरेको हो।

पक्राउ परेका चनारालाई पाँच दिनको म्याद थप गरी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुदीपकुमार खड्काले जानकारी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update