Harsamaya
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले तीन विधेयक प्रस्तुत गर्ने
प्रतिनिधिसभाको बैठक ।

काठमाडौं - प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ  । 

आजको बैठकमा आ.ब. २०८३/८४ को राजश्व र ब्ययको वार्षिक अनुमानमाथी सामान्य छलफल जारी रहने र सो माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यसैगरी, आजको बैठकमा अर्थमन्त्री वाग्लेले ‘विनियोजन बिधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन् भने ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) बिधेयक माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update