पोखराबाट दुबई सिधा उडान सुरु हुने
गण्डकी - फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालन गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरिसकेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
यससँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुने बाटो खुलेको छ। पोखरा महानगर प्रमुख धनराज आचार्यले यसलाई पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र काठमाडौँ केन्द्रित हवाई चाप घटाउने ऐतिहासिक अवसरका रूपमा लिएका छन् ।
हालसम्म चार्टर उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३ ०७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

