काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण देशका केही स्थानमा आज तातो हावाको लहर चल्ने सम्भावना छ । केही प्रदेशका केही स्थानमा तातो दिन हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहर चल्नेछ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको छ । यी स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि हुने पूर्वानुमान छ ।
कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आज राति कोसी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल बताएको छ । पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको थोरै स्थानमा र मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

