Harsamaya
 प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एकजुट हुँदै विपक्षी दल
विपक्षी दलका नेताहरू ।

काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले  सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे विपक्षी दलहरुको बैठक बोलाएका छन् । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उहाँको सचिवालयले बताएको छ । 

नेता आङ्देम्बेले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई बोलाएका हुन् । 

आज दिउँसो १० बजे प्रतिनिधिसभा र १:१५ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको  छ । त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update