Harsamaya
दुर्घटनामा चालकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बागमती - कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो ।

खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गएराति नै निकालिएको थियो । चालकको शव चालस सिटमा नै भेटिएको उनले जानकारी दिए । ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका उनले बताए । 

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update