सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु
सर्लाही - सर्लाहीमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको रामनगर गाउँपालिका–६ मलघट्टाटोल निवासी रामानन्द रायकी श्रीमती करिब ५० वर्षीया मिथलेसिया देवीको शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार मिथलेसिया देवी आफ्नै घर पछाडि रहेको ट्युबेल कलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाइरहेकी थिइन् । सोही क्रममा मोटरमा अचानक करेन्ट प्रवाह भई उनमा लागेको र घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३ ०७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

