Harsamaya
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ।

काठमाडौं - सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।’

त्यसैगरी उनले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्नेगरि आजीवन स्वास्थ्य उपचारको व्यवस्था गरिने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update