Harsamaya
जगदीश खरेलले संसदमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी सांसदहरु आक्रोशित
रास्वपा संसद जगदीश खरेलले ।

काठमाडौं - रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी दलका सांसदहरु थप आक्रोशित भएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरु थप आक्रोशित भएका हुन् । 

सांसद खरेलले बिपक्षी दलका सांसदले सदनमा तमाशा देखाएको समेत बताएका थिए । उनले सरकारले अध्यादेश ल्याउनुको कारण अहिले सदनमा देखिएको घटनाक्रमले देखाएको भन्दै संविधान जारी भएपछि बन्नुपर्ने ऐन र कानुनहरू संसदमा हुने गरेको तमाशाले नै बन्न नसकेको टिप्पणी गरे । 

सांसद खरेलले सदनबाट कानून बनाउने कुरालाई कसैले अवरोध गर्न नसक्ने धारणा समेत राखे  । सांसद खरेलको धारणापछि बिपक्षी दलका सांसद थप आक्रोशित भएपछि सभामुख डोल प्रसाद अर्यालले छलफल बिचैमा रोकेर बैठक स्थगित गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update