विपक्षीको अवरोधबीच प्रतिनिधिसभाको बैठक अगाडि बढ्यो
काठमाडौं - प्रतिनिधि सभामा विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अगाडि बढाएका छन्।
पहिलो बैठकमा विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि पुनः सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरू आफ्नै स्थानबाट उठेर रोस्टमतर्फ पुगेका थिए।
अवरोधकै बीच प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेकी छन्।
हाल विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका सांसदहरूले रोस्टममा पुगेर नाराबाजी गरिरहेका छन्।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३ १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

