अब लाइन हैन अनलाइन भन्ने रास्वपाको नारा कहिलेबाट सुरु होला ?
काठमाडौं - बानेश्वरस्थित सिभिल अस्पतालमा बिहानदेखि नै बिरामी तथा सेवाग्राहीको भीड बढेको छ। बिहानैदेखि टिकट काउन्टर अगाडि भिड देखिएको हो।
ओपीडी सेवा लिन आउने बिरामीहरूका लागि टिकट काट्न बिहानैदेखि लामो लाइनमा बसेका छन् ।
सोमबार नै यातायात व्यवस्था विभागमा लाइसेन्स लिनेको लामो लाइन थियो । यो मात्रै होइन देशका हरेक अस्पताल, यातायात विभाग कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पनि लामो लाइन हुने गर्दछ ।
यसलाई व्यवस्था गर्न रास्वपाले अब लाइन होइन अनलाइन भन्ने नारा कहिलेबाट सुरु होला ?
प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३ ०९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

