Harsamaya
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक ।

काठमाडौं - प्रतिनिधि सभा बैठक आज सोमबार बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदबारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

यस्तै, बैठकमा आव २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ०८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update