निरन्तरको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं - प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरु निरन्तर विरोध जनाएपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।
पटक–पटक स्थगित हुँदै बुधबार तेश्रो पटक बसेको संसद बैठकमा पनि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
विपक्षीको अवरोधपनि सभामुख डोल प्रसाद अर्यालले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिए । उनले सरकारको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र जवाफ दिनका लागि बैंशाख ३१ गतेको दिन तोक्दै बैठक स्थगित भएको घोषणा गरे ।
प्रतिनिधिसभाको अर्को बैठक बैंशाख ३१ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३ १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

