Harsamaya
कामु प्रधानन्यायाधीशलाई रास्वपाको चेतावनी: दुईतिहाइको सरकारलाई लल्कार्ने ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले मुलुकलाई सहि बाटोमा हिँडाउने प्रयास सुरु भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा पराजुलीले यसअघिका गलत नीतिका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै अव सहि बाटोमा हिँडाउने प्रयास सुरु भएको बताएका हुन् । 

उनले विद्यालयलाई दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाइएको र कर्मचारीतन्त्रमा पनि राजनीतिकरण हावी भएकाले अव सक्षम युवा उत्पादन र नागरिकलाई सेवा दिन सक्ने कर्मचारीतन्त्र बनाउन खोजिएको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गरेर नै सरकारले अध्यादेश ल्याएको भन्दै यसमा रोइलो गर्नुपर्ने कारण नभएको टिप्पणी गरे । 

पराजुलीले सहकारीबाट पीडित जनतालाई न्याय दिने प्रयास सरकारले सुरु गरेको उल्लेख गरे । त्यस्तै उनले न्यायलयलाई राजनीतिक हस्तक्षेपमुक्त गर्न खोजिएको समेत दावी गरे । 

आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर स्वच्छ न्यायको परिकल्पना गर्न नसकिने उनको भनाइ छ । उनले कामु प्रधानन्यायाधीशले न्यायलयको मर्यादा जोगाउन नसकेको र सडकबाट दुईतिहाइको सरकारलाई लल्कारने काम भएको आरोप लगाए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update