Harsamaya
सर्लाहीमा सडेको अवस्थामा पुरुषको शव फेला
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सर्लाही - सर्लाहीमा सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४:३० बजेतिर जिल्लाको गोडैता नगरपालिका–६ बग्दहस्थित चिनिमिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

सडकमा आवतजावत गर्ने स्थानीयले सडेको गन्ध आएपछि खोजी गरी प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी चौकी गोडैताबाट प्रहरीको टोली खटिएको थियो। प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको छ ।

मृतकको नाम, थर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीले मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाको प्रकृतिबारे अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ०६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update