Harsamaya
मेरापिक बेसक्याम्पबाट फर्किने क्रममा प्रमिस राई बेपत्ता
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–१ स्थित मेरापिक हिमाल क्षेत्रको बेसक्याम्प आसपासबाट एक युवक हराएका छन् ।

सोलुखुम्बुकै सोताङ गाउँपालिका २ माझखर्क बस्ने गिरीराज राईका छोरा १६ वर्षिय प्रमिस राई सनवे होराईजन ट्रेक अफिसको सामानहरु बेसक्याम्पसम्म पुयाएर लुक्ला फर्किने क्रममा बैशाख १७ गते बेपत्ता भएका हुन् ।

राईसँगै सामान पुर्याउन गएका उनका साथी २९ बर्षिय राजकुमार राईले फर्किने क्रममा माप्य दुधकोशी गाउँपालिका ७ स्थीत छतर खोला आइपुग्दा अत्यधिक हिमपात भएर बाटो बिर्सिदा प्रमिस राई हराएको घरपरिवारलाई जानकारी गराएका थिए ।

घटनाबारे उनका साथी राजकुमार राईले परिवारलाई वैशाख १८ गते जानकारी गराएपछि प्रमिसका बुबाले इलाका प्रहरी कार्यालय सोताङमा निवेदन दिएका छन् । त्यसपछि प्रहरी टोली तत्कालै खोजीमा खटिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update