रोल्पामा जीप दुर्घटना, १७ जनाको मृत्यु
रोल्पा - रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।
रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्माको नेतृत्वको प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको छ। नेपाल प्रहरीका अनुसार १७ जनाको घटनास्थलमै मृत्यु भएको हो।
उक्त जिप वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाने यात्रु बोकेर गइरहेको थियो।
प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३ १८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

