Harsamaya
सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कंकाल फेला
भरत ताल छेउमा कंकाल ।

सर्लाही - सर्लाहीमा मानव कंकाल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएका स्थानीयवासीले भरत ताल छेउमा कंकाल देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले यस सम्बन्धि अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update